Comments Add Comment

सोनिया गान्धीको विषयमा टिप्पणी गरेकोमा अर्णबसँग १२ घण्टा सोघपुछ

१६ वैशाख, काठमाडौं । भारतको विपक्षी दल कांग्रेस आईकी प्रमुख सोनिया गान्धी र पालघर मोब लञ्चिङ (दुई साधु र एक ड्राइभरलाई कुटेर मारेको घटना) बारे गरेको टिप्पणीलाई लिएर एक टेलिभिजनका सम्पादकलाई १२ घण्टाभन्दा लामो सोधपुछ गरिएको छ ।

इण्डियन एक्सप्रेसकाअनुसार रिपब्लिक टीभीका प्रधान सम्पादक अर्णब गोस्वामीलाई मुम्बई पुलिसले १२ घण्टाभन्दा लामो समयसम्म सोधपुछ गरेको हो ।

महाराष्ट्रका ऊर्जामन्त्री नितिन राउतको उजुरीपछि नागपुरको प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गराएको थियो । उनीमाथि हिंसा भड्काएको, धार्मिक र सामाजिक मुद्दामा समाजमा दुश्मनी पैदा गर्न खोजेको र धार्मिक भावना उक्साउने प्रयास गरेको आरोप छ ।

त्यसपछि अर्णबले सर्वोच्च अदालतमा आफूमाथिको एफआईआर खारेज गर्न माग गर्दै निवेदन दिएका थिए । अदालतले सबै मुद्दा खारेज गर्दै यो मुद्दा सल्ट्याउन प्रहरीलाई सुम्पेको थियो ।

रिपब्लिक टीभीमा सार्वजनिक गरेको बयानमा उनले आफूमाथि साढे १२ घण्टा सोधपुछ भएको बताएका छन् । साथै उनीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका कांग्रेसका दुई कार्यकर्तालाई पनि जमानतमा रिहा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment