Comments Add Comment

बेलायती प्रधानमन्त्री जोन्सोनलाई पुत्रलाभ

१७ वैशाख, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सोनलाई पुत्रलाभ भएको छ । जोन्सोन र उनकी  केटी साथी क्यारी साइमन्डलाई बुधबार पुत्रलाभ भएको प्रधानमन्त्रीको प्रवक्ताले जनाएकी छन् । अहिले आमा र बच्चा दुवैको अवस्था राम्रो छ ।

प्रधानमन्त्री जोन्सोन कोरोना संक्रमणका कारण बिरामी भई अस्पतालमा उपचार गराई फर्किएका थिए । ‘प्रधानमन्त्री र मिस साइमन्डले एनएचएस अस्पतालको प्रसूति विभागको टिमलाई धन्यवाद दिनुभएको छ’ प्रधानमन्त्रीकी प्रवक्ताले भनेकी छन् ।

यो जोडीले राजनीतिक क्षेत्रबाहेक अन्य क्षेत्रबाट पनि बधाई र शुभकामनाहरू पाइरहेका छन् । प्रधानमन्त्री  जोन्सोनका बाबु स्ट्यान्लीले नाति जन्मेकामा धेरै हर्षित र रोमाञ्चित भएको बताएका छन् ।

प्रधानमन्त्री जोन्सोन हाल ५५ वर्षका छन् भने उनकी केटीसाथी साइमन्ड ३२ वर्षकी छन् । उनीहरूले गत मार्च महिनामा आफूहरू बच्चाको प्रतीक्षामा रहेको बताएका थिए । उनीहरूबीच सन् २०२० को अन्तिममा इन्गेजमेन्ट भएको थियो ।

बेलायती प्रधानमन्त्री निवासमा बस्ने उनीहरू नै पहिलो अविवाहित जोडी थिए । नवजात शिशु साइमन्डको पहिलो सन्तान हो भने प्रधानमन्त्री जोन्सोनको पाँचौं हो ।

बेलायती प्रधानमन्त्री जोन्सोन कोरोना संक्रमण निको भएपछि सोमबारदेखि काममा फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment