Comments Add Comment

‘दी हन्ड्रेड बल’ क्रिकेट यस वर्ष नहुने

१८ वैशाख, काठमाडौं । इंग्लयाण्डमा यसै वर्ष देखि सुरु हुन लागेको नयाँ फर्म्याटको दी हन्ड्रेट बल क्रिकेट एक वर्षपछि सरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कवरोना भाइरसले सबै खेलकुद गतिविधलाई असर गरिरहेको बेला दी हन्ड्रेड बल क्रिकेट पनि यस वर्ष नहुने भएको हो ।

आयोजक इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड (इसीबी)ले बुधवार विज्ञप्ति जारी गर्दै २०२० मा प्रतियोगिता लन्च नहुने र एक वर्षपछि हुने जनाएको छ । कोरोनाले गर्दा हन्ड्रेड बल क्रिकेट हुने नहुने दोधार भइरहेको बेला यो एक वर्षपछिलाई सारिएको हो ।

‘दी हन्ड्रेड २०२० मा हुनेछैन र २०२१ मा लन्च हुनेछ । हामी अझ केही समय प्रतिक्षा गर्न गइरहेका छौँ ।’

इसीबीका सीईओ टम हयारिसनले दी हन्ड्रेड यस पटक गर्न सम्भव नभएको बताएका छन् । उनले आफ्नो लक्ष्यअनुसार यस वर्ष गर्न नसकोले पक्कै निराश भएको भन्दै सबै सुरक्षित भएपछि २०२१ मा गर्ने जनाएका छन् ।

टी२० क्रिकेट हादै टी१० सम्म प्रतियोगिता भइरहेको बेला इंग्ल्याण्डमा १०० बलको नयाँ फर्म्याटमा क्रिकेट हुन लागेको थियो ।

जसमा नेपालका सन्दीप लामिछाने समेत छनोट भएका थिए । सन्दीपलाई ओभल इन्भिन्सिबल्ससले अनुबन्ध गरेको थियो । जसमा उनले झण्डै डेढ करोड नेपाली रकम पाउने थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment