Comments Add Comment

मेडिकल सामग्री लिन चीन उड्यो हिमालय एयरलाइन्स

१८ वैशाख, काठमाडौं । हिमालय एयरलाइन्सको जहाज कार्गो उडानका लागि चीन उडेको छ । चीनबाट मेडिकल सामग्री ल्याउने क्रममा हिमालय एयरलाइन्सको जहाज चाङ्शाका लागि उडेको कमपनीले जनाएको छ ।

अघिल्लो साता ग्वान्झाउबाट मेडिकल सामग्री ल्याएको हिमालयले बिहीबार दोस्रो पटक कार्गो उडान गरेको हो । यो जहाजले कोरोना भाईरस -कोभिड-१९) विरुद्धको मेडिकल सामाग्री ल्याउने भएको छ । हिमालय एयरलाईन्सले यस उडानका लागि आवश्यक लजिस्टिक सेवा शर्तहरुका लागि नियमक निकायहरुबाट स्विकृति पाएअनुसार सबै प्रकारका आधार पुरा गरेर चाङ्शा उडान गरेको जानकारी गराएको हो ।

हिमालयको चाङ्शासँग एयर लिंक पहिले नै स्थापित छ । कोभिड-१९को प्रकोप अघि नै हिमालयले २० नोभेम्बर २०१९ देखि मध्यचीनको हुनान प्रान्तको राजधानी चाङ्शाको साप्ताहिक सीधा उडान गर्दै आएको थियो ।

ए३२०-२१४, ९एन-एएलडब्यू कार्गो जहाज पौने ६ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको हो । यो जहाज शुक्रबार बिहान ६ः४० मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।

उक्त्ा कार्गो विमानले चिकित्साउपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण -पीपीई), मास्क र पञ्जालगायत अन्य कोभिड-१९औषधिजन्य सामाग्री ल्याउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment