Comments Add Comment

लकडाउनपछि कसरी परिवर्तन हुँदैछ चीनको व्यवसाय ?

काठमाडौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट सबैभन्दा पहिला प्रभावित बन्यो । डिसेम्बर अन्त्यमा पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरस नियन्त्रणका लागि चीनले भ्रमणमा प्रतिबन्ध, स्टोर, पार्क बन्द गर्ने र मास्क अनिवार्य गर्ने तथा मानिसहरूलाई सामाजिक दुरी कायम राख्यो ।

कोरोना प्रभावित अरू मुलुकहरूले चीनलाई पछ्याइरहेका छन् । कोरोनालाई सामना गरेपछि क्रमशः खुल्दै जाने छन् । चीनमा आफ्नो सेवा दिइरहेका व्यावसायिक कम्पनीहरूले अहिले चीनमा लकडाउनको क्रममा पाएको अनुभव अन्य क्षेत्रमा प्रयोग गरिरहेका छन् । लकडाउनमा पनि आफ्नो सेवा प्रदान गरेका नाइक, स्टारबक्स र डिज्नीजस्ता कम्पनीले अहिले चीनको अनुभव अरूलाई पनि सेयर गरेका छन् ।

उदाहरणको लागि नाइकले चीनबाट यो संकटमा धेरै कुरा सिकेको बताएको छ । यसलाई अन्य मुलुकमा प्रयोग गरिने बताएको छ । त्यस्तै, जर्मन कार निर्माता फक्सवागनले पनि चीनमा आफ्नो व्यवसाय पुनः सुरु गरेको अनुभवबाट जर्मनीको वोल्फवर्गमा पनि आफ्नो कारखाना खोल्ने तयारी गरेको छ ।

विभिन्न किसिमका कम्पनी सञ्चालनमा आए पनि उनीहरूको व्यवसाय सञ्चालनको नीति तथा तरिका भने पहिलेभन्दा फरक हुनेछ । व्यवसाय क्षेत्रमा काम गर्ने नेतृत्व तहका मानिसहरू र विशेषज्ञहरू पूर्णरुपमा व्यवसाय पहिलाको जस्तै बन्न नसक्ने बताउँछन् ।

केही नियमहरू स्थायी रुपमा नै बदलिएका छन् । अबको व्यवसाय कसरी परिवर्तन हुन्छन् भन्ने चीनबाट पाएको शिक्षाले देखाउँछ । चीनमा लकडाउनपछि व्यवसायमा आएको केही परिवर्तन यहाँ उल्लेख गरिएको छः–

काम गर्ने तरिका

लकडाउन हटे पनि विश्वभर कोरोना भाइरसको सन्त्रास उत्तिकै छ । साथै यो भाइरस पुनः फर्किएला भन्ने चिन्ता सबैमा छ । त्यसैले अहिले चिनियाँ कम्पनीहरू कार्यालयमा भौतिक दुरी कायम राख्ने अभ्यास गरिरहेका छन् ।

काम गर्ने स्थानमा सुरक्षित रहन सुरक्षित रहने अन्य उपायहरू पनि अपनाउन थालिएको छ । सकेसम्म धेरै सतहमा छुन नपर्ने व्यवस्था गर्न थालिएको छ । लामो समयसम्म घरबाटै काम गरेको कारण अहिले कार्यालयमा कुराकानीको तरिका पनि फेरिएको छ । त्यसका लागि अहिले सफ्टवेयरको माग बढेको छ ।

सपिङको तरिका

लकडाउनले मानिसहरूलाई सपिङ गर्ने तरिका परिवर्तन गर्न बाध्य गराएको छ । मानिसहरूको तालिका र जीवनशैली फेरिएसँगै सामान किन्ने तरिका पनि फेरिएको छ । मानिसहरू २१ दिनमा नै आफ्नो सामान किन्ने बानीमा उल्लेख्य परिवर्तन आएको बताउँछन् ।

चीनमा नाइक कम्पनीले महामारी सुरु भएयता उल्लेख्य मात्रामा अनलाइन सपिङमा जोड दिएको थियो । यो अवधिमा कम्पनीले राम्रो अनलाइन व्यापार गर्न पनि सफल भएको छ । कम्पनीका सीईओ जोन डोनाहोका अनुसार चीनमा अघिल्लो त्रैमासको अवधिमा सन् २०२० को पहिलो त्रैमासमा डिजिटल व्यापारमा ३० प्रतिशतको वृद्धि भएको छ । साथै, कम्पनीको एपमा साप्ताहिक सक्रिय प्रयोगकर्ताको संख्या पनि ८० प्रतिशत बढिसकेको छ ।

त्यस्तै, अन्य अनलाइन कम्पनीको व्यापारमा पनि उल्लेख्य वृद्धि भएको छ । मानिसहरू सकेसम्म घरमै बसेर अनलाइन अर्डर गर्न रुचाउन थालेका छन् ।

आपूर्ति व्यवस्थापन

कोरोना भाइरसको महामारीले विश्वको आपूर्ति सञ्जालको व्यवस्थापनमा पनि महत्वपूर्ण परिवर्तन ल्याएको छ । महामारीको कारण आवश्यक सामग्रीको अभाव तथा आपूर्तिमा समस्या देखियो । यसले व्यवसायहरूलाई यसको व्यवस्थापन कसरी गर्ने भन्ने एक समस्या देखियो । यो समस्या समाधानको लागि आईबीएम कम्पनीले एआईमा आधारित आपूर्ति सञ्जाल व्यवस्थापन कार्यक्रम ल्यायो ।

यो कार्यक्रमबाट धेरै मानिसहरूले सेवा पाए । तर, कति जनाले यो कार्यक्रबाट सेवा पाए भन्ने आईबीएमले बताएको छैन । आईबीएमका अनुसार यो महामारी सबै कम्पनीका लागि आगामी दिनमा कसरी आपूर्ति सञ्जाल व्यवस्थापन गर्ने भन्ने कुरा सिकाउने महत्वपूर्ण पाठ पनि हो ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment