Comments Add Comment

मरिस्काले साटिन् औँठी

नायिका मरिस्का पोखरेलले चलचित्र क्षेत्रमा सुखद् यात्रा तय गर्न सकिनन् । डेब्यु चलचित्र ‘के म तिम्रो होइन र’बाट आशलाग्दो नायिकाको रुपमा उदाएकी उनले त्यसपछि सफलता पाइनन् ।

उनी अभिनित चलचित्र लगातार असफल भइरहे । बरु मरिस्काको चर्चा लोक गीत ‘सालको पात’बाट चुलिएको थियो । त्यसै गीतबाट उनलाई धेरैले चिनेका थिए ।

उनै नायिका मरिस्काले विवाह गरेकी छिन् । अस्ट्रेलियामा बस्दै आएका प्रेमीसँग उनले विवाह गरेकी हुन्। गत साता अस्ट्रेलियामा नै उनीहरूबीच औँठी साटासाट भएको हो।

मरिस्काको प्रेमी विगत ८ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका थिए। मरिस्का भने विगत २ वर्षदेखि उनको प्रेममा थिइन् । मरिस्का पनि केही समयदेखि नेपाल बाहिर थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment