Comments Add Comment

प्रधानमन्त्रीविरुद्धको कुप्रचार बन्द गर : सांसद आले

२० वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद प्रेम आलेले सरकार महामारीविरुद्धको लडाइँमा सफल भइरहेका बेला प्रधानमन्त्रीको राजीनामा माग्नु असान्दर्भिक रहेको पुष्टि भइसकेपछि कुप्रचार बन्द गर्न आग्रह गरेका छन् ।

डोटी जिल्ला इन्चार्जसमेत रहेका आलेले शनिबार विज्ञप्ति जारी गर्दै ओलीको नेतृत्वमा नेकपाले बहुमत प्राप्त गरेको हुनाले जनादेशविरुद्धका कुनै पनि षड्यन्त्र स्वीकार्य नहुने बताएका छन् । नेकपालाई इतिहासमा पहिलोपटक बहुमत दिलाउने र कम्युनिस्ट आन्दोलनलाई एकढिक्का बनाउने काम ओलीको नेतृत्वमा भएको भन्दै उनले अस्थिरताका पक्षधरलाई खबरदारी गर्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

आलेले भनेका छन्ज-सले यो मुलुकमा मुर्छित सपना ब्युँताउँदै देशलाई समृद्धिको बाटोमा अघि बढाउँदैछ। महामारी नियन्त्रणमा सफलता पाउँदैछ। त्यही नेतृत्वविरुद्ध कुप्रचार र अस्थिरताका चलखेलहरू परास्त हुनेछन् । मुलुकको भलो नचाहने र अस्थिरताका खेलाडीहरूको चंगुलमा नफस्न म मुख्य नेताहरूलाई आग्रह गर्दछु ।’

सरकारका कमीकमजोरी भए सम्बन्धित ठाउँमा छलफल गर्नुपर्ने भन्दै उनले आलोचनाका नाममा प्रधानमन्त्रीविरुद्ध व्यक्तिगत कुण्ठा पोख्ने काम नगर्न आग्रह गरेका छन्।

बामदेव गौतमलाई भावी प्रधानमन्त्रीमा पार्टीले अघि सारे सिंगो पार्टीले साथ दिने भन्दै उनले अहिले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै निर्वाचित पद छाड्नुपर्ने कुनै गल्ती नगरेको बताएका छन्।

आलेले भनेका छन्, ‘सरकारमाथि भइरहेका अनावश्यक टीकाटिप्पणीलाई यथाशीघ्र रोकौँ। सरकारका कमजोरी छन् भने सम्बन्धित ठाउँमा समीक्षा गरौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment