Comments Add Comment

महँगो कारभित्र राखेर गाडियो नेताको शव

कफिनमा राखेको लासलाई कफिनसँगै चिहानमा गाडेर अन्त्येष्टि गर्नुपर्ने हो । तर दक्षिण अफ्रिकाका एकजना नेताको लासलाई चाहीँ महंगो मर्सिडिज कारभित्र राखेर गाडिएको छ ।

हालै निधन भएका दक्षिण अफ्रिकी नेता ७२ वर्षीय शेकेदे बुफोन पित्सोलाई उनको आफ्नै मर्सिडिज कारभित्र राखेर अन्त्येष्टि गरिएको हो ।

जिवित छँदा चढ्ने गरेको उक्त मर्सिडिज कार उनको निकै  य कार थियो । आफू मरेपछि सो कारलाई आफुसँगै अन्त्येष्टि गरियोस् भन्ने उनको चाहना थियो । सोही चाहना बमोजिम स्वर्गीय पित्सोका परिवारजनले उनको शवलाई कफिनमा राख्नुको साटो सोही कारमा राखेर सँगै अन्त्येष्टि गरिदिएका हुन् ।

सोसल डेमेाक्रेटिक पार्टीका नेता रहेका पित्सो कुनै समय निकै धनाढ्य व्यवसायीसमेत थिए । उनले विगतमा धेरै मर्सिडिज बेन्ज कार किनेका थिए । तर पछि आर्थिक संकट परेसँगै उनले सबै कार बेचे र सन् १९९० को दशकमा एउटा नयाँ मर्सिडिज कार किने ।

त्यो कार हाल खासै चालू अवस्थामा थिएन । तरपनि उनी दिनमा प्रायः सोही कारको सिटमा बस्दथे र गीत सुन्दथे । उनले उक्त कारलाई निकै माया गर्दथे । त्यसैले आफूसँगै कारको पनि अन्त्येष्टि होस् भन्ने चाहना उनको थियो ।

सोही बमोजिम अन्त्येष्टि स्थलमा एउटा कार अटाउने चिहान खनियो । उनको शवलाई कारको ड्राइभिङ सिटमा राखेर डोरीले बाँधियो । उनको हातलाई स्टेरिंङ् समाएजस्तो गरी बाँधियो ।

कार सहित उनको अन्त्येष्टि गरेको हेर्नका लागि धेरैजना मानिसहरु त्यहाँ उपस्थित भएका थिए । कोरोना भाइरस महामारीको लकडाउनको प्रतिबन्धका बीच अन्तयेष्टि स्थलमा उल्लेख्य मानिसहरु सहभागी भएका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment