Comments Add Comment

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : पार्टी एकतावद्ध भयो, खुसीसाथ काम गरौं

२१ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफूमाथि देखिएको संकट टरेको भोलिपल्ट मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली प्रसन्न मुद्रामा प्रस्तुत भएका छन् ।

पार्टी सचिवालयमा नेताहरु एकताबद्ध भएको भन्दै उनले खुसी साटेका हुन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले खुसीसाथ काममा जुट्न मन्त्रीहरुलाई निर्देशन दिएको स्रोतले बताएको छ ।

बैठकले वैशाख २६ गते संसद अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । साथै १५ जेठमा बजेट ल्याउनुपर्नेछ । प्रधानमन्त्रीले खुसीसाथ बजेट निर्माणमा जुट्न भनेको एक मन्त्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment