Comments Add Comment

पर्साबाट ४८० कार्टुन अगरबत्ती बरामद

२१ वैशाख, वीरगञ्ज । पर्सा प्रहरीले ४८० कार्टुन अगरबत्ती बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका-२१ स्थित परवानीपुरबाट बाराको जीतपुरतर्फ जाँदै गरेको ना.२ ख ९०१५ नम्बरको ट्रक चेकजाँच गर्नेक्रममा उक्त परिमाणको अगरबत्ती बरामद गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा ट्रकलाई रोकेर चेकजाँच गर्दा चालकले अगरबत्तीको बिल भर्पाई देखाउन नसकेपछि अगरबत्ती लोड भएको ट्रकसहित रौतहटको बृन्दावन नगरपालिका-१ बस्ने चालक सिताराम पटेललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अगरबत्ती लोड भएको ट्रकसहित चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment