Comments Add Comment

सानिमा बैंक र दराजको शपिङ्गबार योजना, बैशाख २२ गतेबाट लागू हुने

२१ वैशाख, काठमाडौं ।  सानिमा बैंक लिमिटेड र दराज बीच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ ।

सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबारका दिन डेविट वा क्रेडिट कार्डमार्पmत शपिङ्ग गर्दा १०% वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्न सकिन्छ । यो योजना भोली बैशाख २२ गते देखि लागु हुनेछ ।

उक्त सम्झौतामा सानिमा बैंकका डिजिटल बैंकिङ्ग प्रमुख बिक्रम श्रेष्ठ र दराजका प्रवन्ध निर्देशक लिनो एलेरिङ्गले हस्ताक्षर गरे । यो योजनाले ग्राहकहरु डिजिटल बैंकिङ्ग प्रति आकर्षित हुने विश्वास राखेको छ । यस सम्बन्धि थप जानकारी बैंकको हटलाइन नं ०१–४४४३९०१ बाट प्राप्त गर्न पनि सकिन्छ ।

सानिमा बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरमै बसी अनलाइनबाटै मुद्दती खाता खोल्न तथा नविकरण गर्ने, अनलाइन खाता खोल्ने, बिजुली/टेलिफोन बिल भुक्तानीलगायतका डिजिटल बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment