Comments Add Comment

कोरोना सुरु भएयता रक्षा र स्वास्थ्यमा ३ अर्ब ४२ करोड रकमान्तर

२२ वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको महामारी सुरु भएयता यसविरुद्ध लड्न मात्र तीन अर्ब ४२ करोड रुपैयाँ रकमान्तर भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार रक्षा मन्त्रालयका लागि दुई अर्ब ३४ करोड र स्वास्थ्य मन्त्रालयलाई एक अर्ब ८ करोड रुपैयाँ रकमान्तर गरिएको हो । ५० करोड रुपैयाँ भने सरकारले कोरोना रोकथामका लागि स्थापना गरेको कोसमा जम्मा गरिएको मन्त्री खतिवडाले जानकारी दिए ।

अर्थ समितिमा सोमबार आयोजित बैठकमा मन्त्री खतिवडाले अहिले कोरोना संक्रमणको रोकथामलाई उच्च प्राथमिकता दिइएको जानकारी दिए ।

कोरोनाका कारण राजस्वमा चाप परेको भन्दै उनले यसबाट खर्चमा समेत प्रभाव पारेको जानकारी दिए । आगामी आर्थिक वर्षको बजेट कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई जोगाउने गरी निर्माण भइरहेको उनले समितिलाई जानकारी गराए । ‘शिथिल बनेको अर्थतन्त्रलाई उकास्नेगरी आगामी आर्थिक वर्षको बजेट बन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment