Comments Add Comment

सुपुष्पाको फेसन बदलियो, फिल्म करिअर के होला ?

चलचित्र ‘रणवीर’मा काम गर्दा नायिका सुपुष्पा भट्ट सोझी गाउँले यूवतीको भूमिकामा थिइन् । उनको यो भूमिकालाई दर्शकले निकै रुचाए ।

दोश्रो चलचित्र ‘छ माया छपक्कै’मा अतिथी भूमिकामा देखिएपनि उनी नोटिस भइन् ।

सुपुष्पा आफूलाई बोल्ड, हट, सेक्सी नायिका भनेको मन नपर्ने तर्क पनि गर्थिन् ।

उनै सुपुष्पाले चलचित्र ‘चपली हाइट ३’सम्म आइपुग्दा चलचित्रमा आफ्नो भूमिका र फेसनलाई परिवर्तन गरिन् । यो चलचित्रमा त उनी विकिनीमा नै देखिएकी छिन् । सुपुष्पाको हट अवतार हेर्न दर्शकले अझै कती समय कुर्नुपर्ने हो, पक्का छैन ।

सामाजिक संजालमा सुपुष्पाको तस्वीर हेर्दा पनि उनको फेसन गज्जबले बदलिएको छ । चलचित्र क्षेत्रमा उनलाई आशातित नायिकाको रुपमा त हेरिएको छ । तर, सुपुष्पाको करिअर के हुन्छ अहिले नै भन्न सकिने अवस्था छैन ।

उनले, राम्रा ब्यानरका चलचित्रमा काम त गरिरहेकी छिन्, तर सुपुष्पालाई चलचित्रबाट दर्शकमाझ नोटिस हुन अझै समय लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment