Comments Add Comment

रुपन्देहीका कोरोना संक्रमितसँग सम्पर्कमा आएका १४ जनाको रिपोर्ट नेगेटिभ

२४ वैशाख, बुटवल । रूपन्देहीको कोटहीमाई–१ का कोरोना संक्रमित युवकसँग सम्पर्कमा आएका थप १४ जनामा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमित युवकसँग सम्पर्क भएका उनको ससुरालीका परिवार र उनले खाना खाएको ठाउँका १४ जनामा गरिएको पीसीआर टेष्ट रिपोर्ट बुधबार बिहान नेगेटिभ आएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा मंगलबार पठाइएको १४ जनाकै रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले अनलाइनखबरलाई जानकारी दिए ।

यसअघि उनका दाजु र परिवारका दश जनामा गरिएको परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

भारतको नयाँ दिल्लीबाट लकडाउनकै अवधिमा ट्रक र पैदल यात्रा गर्दै मर्चवारको ठोठरी नाका हुँदै बैशाख ५ गते घर आएका २५ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको थियो । ती युवकलाई बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ । उनमा ज्वरो, रुघाखोकी जस्ता कुनै समस्या नभएको र स्वास्थ्य अवस्था तन्दुरुस्त मानिसमा जस्तै रहेको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

आइसोलेसन अस्पतालमा रहेका कोरोना संक्रमति युवक स्वस्थ मानिससरह नाचेर दिन बिताउने गरेका छन् । अनलाइनखबरले पोस्ट गरेको उनी नाचेको भिडियो भाइरल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment