Comments Add Comment

कविता : म रिसाएकी छु

अलि बिस्तारै हिँड

दुरी बढाएर

अँह हात नमिलाउ

चुम्बन ! त्यो त गर्दै नगर ,

अन्कमाल नगर

नतिजा के हुन्छ , तिमीलाई थाहा छ ।

बरु टाढैबाट नमन गर

त्यो जस्तो सुकै किन नहोस ।

तिम्रो मनमा प्रश्न उठछ होला, किन ?

रिस उठछ होला, किन ?

तर तिम्रो झिनो रिसको सामु

मेरो प्रकृति रिसको तुलना हुन सक्दैन

कृपया शान्त बस , घरमै बस ।

अहिले म रिसाएकी छु,

मलाइ सतहमा आउन समय लाग्छ ।

निरास नहोउ

के होला कसो होला भनेर

जन्म र मृत्यु तिम्रो हातमा हिजो पनि थिएन

आज पनि छैन र हुँदैन ।

सक्छौ भने यो बुझ्ने कोसिस गर

हरेक घटनाले राम्रो नराम्रो अवसर दिन्छ

जुन समान हुन्छ ।

जसरी म आफूलाई स्वच्छ गरिरहेछु

त्यसरी तिमी पनि स्वच्छ बनाउ आफुलाई

अनि म शान्त हुनेछु ।

त्यसपछि हामी मिलिजुली बाँचौला

म तिमीलाई निश्चल प्राण दिनेछु

तिमी मेरो रक्षा गर

तिमीले मेरो बिनास गरिरहँदा

म मात्रै हैन यो सारा सृष्टि बिनास भइरहेको हुन्छ ।

त्यसमा तिमी अछुतो रहन सक्दैनौ

बरु आउ मलाई प्रेमले अङ्गाल

मेरो अस्थित्वमा भएको सारा कुरा

तिम्रै लागि त हो

डाली सुम्सुम्याउ

फुलको वासना अनुभव गर

बिल्कुलै निस्वार्थ भावमा

तर चुँड्न नखोज, भाँच्न नखोज

फोहोर नगर

मलाइ दु:खी बनाएर तिमी कुन खुसी खोज्दछौ

तिम्रो म भन्नु पनि म नै हुँ ।

मलाई बुझ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment