Comments Add Comment

जोखिम मोलेर सेवामा छन् दराजका ‘हिरो’

२४ वैशाख, काठमाडौं । अहिलेको कोरोना प्रभावित अर्थव्यवस्थामा वितरणकर्मीहरू “हिरो” सरह भएका छन्। खाद्य, औषधि, र अन्य आवश्यक सामानहरूका लागि धेरै नेपालीहरू अनलाइन सपिङमा बढी भर परेको छन् । नेपालको अग्रणी अनलाइन बजार, दराजले बिग मार्टसँग मिलि आवश्यक सामानहरूको माग पूरा गर्न लागिपरेको छ। दराजका अनुसार आवश्यक वस्तुहरूको लागि अर्डर भोल्युम पहिलेभन्दा ८०० गुनाले बढेको छ।

दराजले आफ्ना वितरण कर्मीहरूलाई पहिलेदेखि नै दराज ‘हिरो’ भनी नाम दिएको थियो । ‘यो अहिले एकदमै समय सान्दर्भिक भएको छ। यस्तो समयमा पनि मानिसहरुको घर-घर पुगी सामान वितरण गर्ने वितरणकर्मीहरूलाई हेरो नभने के भन्ने, हैन त ?’ कम्पनीले भनेको छ ।

दराजले आफ्नो वितरण कर्मीहरूलाई सुरक्षात्मक मास्क, ह्यान्ड स्यानीटाइजर र सफा डिस्पोजेबल/ पलिथीन ग्लोभहरू प्रयोग गर्न भनेको छ। यसका साथै कम्पनीले उनीहरूको स्वास्थ्यको पनि राम्रोसँग अनुगमन गर्दैछ र अस्वस्थ महसुस भएमा उनीहरूलाई घरमा बस्न निर्देशन दिएको छ। साथै ग्राहकहरुलाइ सामान दिने बेला दुवै ग्राहक र वितरण कर्मीहरूलाई ह्यान्ड स्यानीटाइजर प्रयोग गर्न अनिवार्य गरेको छ।

दराजको डिलिभरी हीरो सागर शाक्यअनुसार कोरोनाका कारण नयाँ चुनौतिहरू थपिए पनि ग्राहकहरुबाट प्रशंसा र कदर पनि धेरै पाएका छन् ।

“हाम्रा प्रियजनहरूले बरु हामी घर भित्र बसोस् भन्ने चाहन्छन्, तर हामी उनीहरूलाई हामि सबै सुरक्षा प्रोटोकलहरू पालना गर्दैछौं भनेर आश्वस्त गर्दछौं। अहिले को यस्तो जटील समय मा सुरक्षा अपनाई काम गर्न पाउँदा र धेरै ग्राहखरुबाट प्रशंसा र सम्मान पाउँदा खुसी लाग्छ,” उनी भन्छन् ।

दराजका डिलिभरी हिरोहरु धेरै घरहरूमा आवश्यक वस्तुहरू पुर्‍याउन लामो यात्रा गर्छन्। उनीहरुले अहिलेको कठीन परिस्थितिमा एकदमै महत्त्वपूर्ण सेवा प्रदान गरिरहेका छन्।

कम्पनीले बहादुर कामदारहरूलाई सम्मान गर्न र यस विश्वव्यापी संकटमा अत्यावश्यक सेवा प्रदान गर्ने नायकहरू चिन्न अनुरोध गरेको छ ।

लकडाउन जारी रहँदा आवश्यक वस्तुहरूको लागि माग पहिले भन्दा बढिरहेको छ। यस्तो बढ्दो माग पूरा गर्न दराज बिग मार्टसँग निरन्तर काम गरिरहेको छ। हाल दराजले बिग मार्टबाट २००० भन्दा बढी उत्पादनहरू आफ्नो किराना खण्डमा थपेको छ।

तेल, चामल, पेय पदार्थ, घरेलु चीजहरू देखि लिएर घरपालुवा जनावरहरूलाई आवश्यक चीजहरू सबै दराजको डी मार्ट भन्ने किराना सेक्सनमा पाइन्छ। दराज ले आफ्नो पार्टनर बैंक का क्रेडिट / डेबिट कार्ड मार्फत खरिद गर्दा १०% छूट (रु ५०० सम्म) पाउने सुविधा पनि दिइरहेको छ ।

दराजबाट महत्वपूर्ण सूचना: नेपालमा साना तथा मझौला व्यवसाय (एसएमई)ले झन्डै १७ लाख रोजगारी सिर्जना गर्छ ।

विज्ञहरू भन्छन्, ‘अहिले को समयमा एसएमईलाई सहयोग गर्न नसके देशको अर्थतन्त्रमा ठूलो चोट पुग्न सक्छ।’ दराजले एसएमईहरुलाई अनलाइनमार्फत आफ्नो कारोबार चालु राख्न ५५ लाख आर्थिक सहयोग सहितको दराज सहयात्री कार्यक्रम सुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment