Comments Add Comment

मान्छे कति बेइमानी, आफुमात्रै हाँस्न खोज्छ !

२५ वैशाख, पोखरा । कोरोना भाइरस कोभिड–१९ को माहामारीमा मान्छेका अनेक रुप देखिए ।

गरिब, सर्वहाराका दुख, राहतका कार्यक्रममा लुछाचुडी, सरकारका रहेका मान्छेका व्यवहार, यो संकटमा अनेक मान्छे देखिए । यो बेला गायक विनोद बानियाँले आफ्नै गीत सम्झिए ।

यो मान्छे कति बेइमानी
अरुको छाती कुल्चि हिँड्छ
दुख्छ भन्ने जानीजानी
यो मान्छे…

कोराना भाइरसले देश ठप्प भएका बेला गायक विनोदले यो मान्छे गीतको भिडियो सार्वजनिक गरे । मान्छेका अनेक रुप देखिएपछि भिडियो रिलिज गर्ने लकडाउन नै उपयुक्त समय ठाने, गायक बानियाँले ।

पोखरामै बसेर नेपाली गीतसंगीतको क्षेत्रमा लामो समयदेखि क्रियाशील गायक बानियाँले वैवाहिक वर्षगाँठको अवसरमा आफ्नै युट्युब च्यानलबाट ‘यो मान्छे’ सार्वजनिक गरेका हुन् ।

मान्छे, डाउट र प्रोफाइल गरी तीनवटा एल्बम बजारमा ल्याएका गायक बानियाले ५० भन्दा बढी गीत बजारमा ल्याइसकेका छन् । खेलकुदको क्षेत्रमा थुप्रै चर्चित गीत दिएका बानियाँले गत वर्षमात्रै कवि तीर्थ श्रेष्ठको शब्दमा हाँस्न सिक पार्वती बोलको गीत बजारमा ल्याएका थिए ।

नयाँ रिलिज भएको यो मान्छे गीतको भिडियोमा चर्चित कलाकार प्रकाश बरालसँगै एनजे सागर शाह र अनिता पौडेलको अभिनय छ ।

गीतमा संगीत बीबी अनुरागीको हो भने रचना चर्चित गीतकार राजकुमार बगरले गरेका छन् । गीत तेजेन्द्र गुरुङको एरेन्जमा तयार भएको हो । ‘भिडियो राम्रो बनेको छ, आशा छ दर्शकको साथ पक्कै मिल्नेछ’ उनले भने, ‘भिडियोको प्रतिक्रियाले उत्साहित बनाएको छ ।’

यथार्थ चरित्रलाई अभिनयको माध्यमबाट जिवन्तता दिँदै पर्दामा देखाउन खप्पिस कलाकार प्रकाश घिमिरेसँग काम गर्न पाएको भन्दै निर्देशक पोखरेल उत्साहित छन् ।

यता कलाकार प्रकाश घिमिरेले म्युजिक भिडियोमा मुख्य कलकारको रुपमा पहिलोपटक अवसर पाएको बताउँछन् । ‘म्युजिक भिडियोमा पहिलो पटक मुख्य कलाकारको रुपमा मलाई हेर्न सक्नु हुनेछ, रमाइलो अनुभव रह्यो, भिडियो हेरेपछि प्रतिक्रियाको आशामा छु’ घिमिरेले भने ।

निर्देशक विभोर पोखरेलको निर्देशनमा बनेको र सन्तोष कोन्मेले खिचेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment