Comments Add Comment

धुम्बाराहीमा नेकपाका २० नेताको बैठक, तत्काल स्थायी कमिटी बोलाउन माग

२५ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २० स्थायी कमिटी सदस्यले छुट्टै बैठक गरेका छन् र पार्टी नेतृत्वलाई एजेण्डा सुझाएका छन् ।

नेकपामा बिहीबार स्थायी कमिटी बैठक तय भएको थियो । तर एजेण्डा नभएको लगायतका कारण देखाएर अन्तिम समयमा आएर स्थगित भयो ।

लिखित रुपमै बैठक माग गर्ने २० स्थायी कमिटी सदस्य भने बिहीबार पार्टीे कार्यालय धुम्बाराही पुगेर छलफल गरेका छन् । ‘सचिवालयले एजेण्डा तय गर्न सकेन, त्यसेले एजेण्डा दिन हामीले छलफल गरेका हौं’ स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अनलाइनखबरसँग भने ।

उनकाअनुसार पार्टी र सरकारको काम, कोरोना संकट, पार्टी एकताका बाँकी काम, विदेशमा रहेका नेपालीहरुको समस्या र उद्दार लगायतका एजेण्डामा छलफल गर्न तत्काल स्थायी कमिटी बैठक बोलाउनुपर्ने नेताहरुको माग छ ।

अर्का स्थायी कमिटी सदस्य रघुजी पन्तले पनि तत्काल बैठक राख्नुपर्नेमा आफूहरु एकमत रहेको बताए । २५ प्रतिशत सदस्यले माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनुपर्ने विधानको व्यवस्था रहेको भन्दै उनले भने, ‘हामीले लिखित रुपमा यसअघि नै बुझाएका छौं । अब नेताहरुलाई भेटेर पनि सम्झाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment