Comments Add Comment

वीरगञ्जमा चिकित्सक र एम्बुलेन्स चालकलाई स्वास्थ्य सामग्री

२५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई बिहीबार स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

उनले नारायणी अस्पतालका चिकित्सकलाई ३५ थान पीपीई, वीरगञ्ज महानगरपालिकामा रहेका १६ वटा स्वास्थ्य चौकीलाई पीपीई सेट, थर्मल गन, मास्क लगायतका सामाग्री उपलब्ध गराएका छन् । ११ जना एम्बुलेन्स चालकलाई समेत उनले पीपीई सेट र दुई थान थर्मल गन उपलब्ध गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment