Comments Add Comment

कोरोना महामारीका बीच कोरियामा सुरु भयो फुटबल

२६ वैशाख, काठमाडौं । कोरोना भाइरसको विश्वब्यापी महामारीका बीच  दक्षिण कोरियाले घरेलु फुटबल लिग सुरु गरेको छ ।

शुक्रबारदेखि सुरु भएको कोरियाली लिग कोरोना महामारीका बेला विश्व फुटबल कस्तो हुन्छ भनेर बुझ्न पाठ बन्ने बीबीसीले उल्लेख गरेको छ । शुक्रबार भएको खेलमा जेनबुक मोटर्सले सुवन ब्लुविङ्सलाई १-० ले पराजित गरेको छ ।

फुटबल खेल हुँदा मैदानका खेलाडीबाहेक बेन्चमा रहेका खेलाडी, प्रशिक्षक र अफिसियलले मास्क लगाएका थिए । खेलका क्रममा खेलाडीहरुले हात मिलाएनन् ।

मैदानमा नजिकै थुक्न र कुरा गर्न रोक लगाइएको थियो ।

पेनाल्टी र रातो कार्डबारे निर्णय गर्न भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता पनि लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment