Comments Add Comment

वनस्पतिमा औषधिय गुणको खोज

आयुर्वेदमा लगभग एक लाख भन्दा बढी प्रकारका औषधी छन् । यस्ता औषधी आधुनिक औषधी विज्ञानले भन्दा निकै गहिरो र विशाल छ ।

यस्ता औषधीलाई कुनै प्रयोगशालामा तयार पारिएको  हेइन । हाम्रा पूर्खाहरु जंगलमा सहज तरीकाले घुम्थे र बोटविरुवासँग वार्तालाप गर्थे । अर्थात प्रकृतिको भाषा बुझ्न सक्थे ।

यस धर्तीमा रहेको अन्य जीवनको भाषा तब मात्र थाहा हुन्छ, जब ‘स्व’को एक खास तरीकाको मिठासले तपाईंलाई शरीरको बाध्यताबाट मुक्त गर्छ । यस्तो अवस्थामा आफ्नो वरिपरि रहेका प्रत्येक वस्तुको भाषा तपाईको आफ्नो भाषा बन्न थाल्छ ।

बोट विरुवासँंग कुरा गर्नुको मतलव यो होइन की बोट–विरुवा मानिसहरुलाई ‘मलाई खाऊँं भन्थे’ । बरु ती व्यक्तिहरुको सामुन्ने ति बोटविरुवाको विशिष्टता तथा तिनीहरुले के गर्न सक्छन् भन्ने कुरा यसरी प्रकट हुन्थ्यो कि मानौ उनीहरुले तपाईं सामु केही कुरा बताइरहेका छन् ।

सामान्यतया, कुनै पनि वास्नाले मानिसलाई कसरी र कति हदसम्म आकर्षित गर्छ भन्ने कुरा मानिसको शरीर र मनको स्तरमा भर पर्ने गर्छ । त्यसैले त, कहिले काहीँ अनायासै हिँडिरहेका बेलामा समेत हामीलाई कुनै वास्नाले अचानक मोहित पार्ने गर्छ । कयौं मानिसको दिमागमा यति धेरै नकारात्मकता भरिएको हुन्छ कि उनीहरुलाई कुनै बास्ना महसुस नै हुँदैन । त्यसैले त भनाई नै छ नि ‘गधालाई चन्दनको वास्नाको महत्वको बारे के थाहा  ?’ । किनकी कुनै पनि सटिक बास्ना महसुस गर्नका लागि मानिसलाई एक विशेष किसिमको संवेदनशीलताको आवश्यकता पर्दछ ।

जीवनमा मधुरताको महत्व

यो कुरा हामी आफैले पनि महसुस गरेको हुनुपर्छ । जब मनमा अनेकथरी कुरा खलिरहेको हुन्छ, तब फुलको सुगन्ध पनि हामीलाई महसुस हुँदैन । तर जब हाम्रो मन प्रशन्न रहन्छ, वरिपरिको वातावरण पनि हामीलाई रंगीन लाग्न थाल्छ र फुलको वास्ना पनि अचानक महशुष हुन थाल्छ ।

फूल त जहिलेपनि वास्नादार नै थियो । यसले वातारणमा सुगन्ध फैलाईरहेकै थियो । कुरा यत्ति हो कि उक्त सुगन्धलाई महसुस गर्नलाई हामीलाई यस्तो कुराको आवश्यकता थियो, जुन हामीसित थिएन ।

त्यसो त फूल होस् वा अन्य वोटविरुवा । माटो होस् वा जीवन । सबैको आ–आफ्नै गन्ध हुन्छ । आ–आफ्नै विशेषता हुन्छ । तर त्यसलाई महसुस गर्नका लागि आफूभित्र एक खास किसिमको मधुरता हुन जरुरी छ ।

आफूभित्र एक किसिमको आनन्द हुन जरुरी छ । ताकी बाहिर निस्कदा बोटविरुवासँग कुरा गरुन् । प्राचीन कालमा यही तरीकाद्धारा मानिसहरुले हजारौ किसिमको वनस्पतिको उपयोगिताबारे पत्ता लगाएका थिए ।

यसका लागि उनीहरुलाई न त माइक्रोस्कोपको जरुरत प¥यो न त कुनै सुक्ष्म अध्ययनकै । बोटविरुवाले विभिन्न माध्यमद्वारा यो कुरा भनेकै कारण हामीलाई यस्ता आर्युवेदिक औषधीबारे थाहा भयो ।

बोटविरुवाले तब बोल्छन्, जब हामीसँग बोल्नका लागि केही पनि हुँदैन र हामी मौन बस्छौ । हामीसँग बोल्नका लागि तबमात्र केही हुन्छ हामी आफ्नो अस्तित्वबारे बुझ्छौं । अस्तित्वको सिमाबारे जानकारी हासिल गर्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment