Comments Add Comment

लकडाउन खुकुलो बनाएपछि जर्मनीमा कोरोना संक्रमित बढे

२९ वैशाख, काठमाडौं । लकडाउन खुकुलो बनाएपछि जर्मनीमा कोरोना भाइरस संक्रमित बढेको छ । लकडाउन खुकुलो बनाएको एक दिनमै संक्रमण बढेको पाइएको बीबीसीले जनाएको छ ।

रोबर्ट कोच इन्सटिच्युटका अनुसार खुकुलो बनाएपछि संक्रमणको रि-प्रोडक्सन रेट बढेको हो । यसको अर्थ एक संक्रमित व्यक्तिले कति जनालाई कोरोना भाइरस सार्न सक्छ, त्यो दर बढेको हो । अहिले यो दर एकभन्दा बढी रहेको समाचारमा उल्लेख छ । ‘यसको सीधा अर्थ जर्मनीमा यो हो कि देशमा संक्रमण अब बढिरहेको छ,’ समाचारमा लेखिएको छ ।

शनिबार हजारौंको संख्यामा मानिसहरु भेला भएर लकडाउन सधैंका लागि अन्त्य गर्न माग गरेका थिए । जर्मन चान्सलर एंगेला मर्केलले बुधबार १६ राज्यका नेताहरुसँग कुराकानी गर्दै देशव्यापी लकडाउनमा व्यापक छुट दिने घोषणा गरेकी थिइन् ।

संक्रमणको आधारमा जर्मनी विश्वको सातौं अधिक प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार जर्मनीमा कूल एक लाख ७१ हजार ८ सय ७९ जना संक्रमित छन् । यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या सात हजार ५६९ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment