Comments Add Comment

रुस बन्यो अमेरिकापछि कोरोनाबाट सबैभन्दा प्रभावित हुने देश

३० वैशाख, काठमाडौं । रुस कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकापछि सबैभन्दा प्रभावित हुने मुलुक बनेको छ ।

रुसले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुसमा १० हजार आठ सय ९९ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै रुस स्पेनलाई पछि पार्दै कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुकको सूचीको दोस्रो नम्बरमा छ ।

रुसमा समग्र संक्रमितको संख्या दुई लाख ३२ हजार दुई सय ४३ पुगेको छ । स्पेनमा समग्र कोरोना भाइरसका संक्रमितको संख्या दुई लाख २८ हजार ३० छ ।

पछिल्लो २४ घण्टामा रुसमा एक सय ७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यससँगै रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई हजार एक सय १६ पुगेको छ । रुसको मृत्युदर भने अन्य मुलुकको तुलनामा कम देखिएको छ ।

अघिल्लो आइतबारदेखि रुसमा एकदिनमा लगातार १० हजारभन्दा धेरै कोरोना भाइरसका नयाँ संक्रमित भेटिँदै आएका छन् । स्थानीय प्रशासनका अनुसार पछिल्लो २४ घण्टामा रुसको राजधानी सहर मस्कोमा पाँच हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । बढ्दो संक्रमणको बीचमा रुसले मंगलबारदेखि लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ ।

स्रोतः बीबीसी, द मस्को टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment