Comments Add Comment

२ महिनापछि रियल मड्रिड अभ्यासमा

३० वैशाख, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले दुई महिनापछि फुटबल ट्रेनिङ सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणपछि रोकिएको खेलाडीको अध्यास सोमबारदेखि सुरु भएको हो ।

भाल्डेबेबासमा खेलाडीहरूलाई व्यक्तिगत रूपमा प्रशिक्षण गर्नका लागि छुट गरिएको बताइएको छ ।

खेलाडीलाई विभिन्न सिफ्टमा गरेर दुई समूहमा विभाजन गरिएको छ । जहाँ हरेक समूहले एक अर्कासँग दूरी कायम गरी बलसहित र बलबिना प्रशिक्षण गर्नेछन् ।

पहिलो सातामा फिटनेस कोच ग्रेगोरी डुपोन्टले व्यक्तिगत रूपमा सेसन लिनेछन् ।

कोच जिनेदिन जिदान पनि ट्रेनिङ सेसनमा उत्साहित थिए । तर उनले सुरक्षित स्थानमा बसेर मात्र खेलाडीलाई निर्देशन दिएका थिए ।

यसअघि नै ला लिगाको अर्को क्लब बार्सिलोनाले ट्रेनिङ सुरु गरिसकेको छ । ला लिगा जूनदेखि पुनः सुरु गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment