Comments Add Comment

आउँदो वर्षदेखि व्यवसायिक फलाम उत्पादन थालिने

२ जेठ, काठमाडौं । सरकारले नवलपरासीको रहेको धौवादीमा रहेको फलामी खानीबाट आगामी आर्थिक वर्षमा व्यावसायिक उत्पादन थाल्ने घोषणा गरेको छ ।

व्यावसायिक फलाम उत्पादनका लागि उक्त परियोजना सरकारको प्राथमिकतामा रहेको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

आगामी आर्थिक वर्षभित्रै नेपालगञ्जमा एकीकृत भन्सार जाँच चौकी निर्माण गर्ने, कैलालीको हरैयामा व्यापार विशेष क्षेत्र तथा कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण थाल्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका तथा ताप्लेजुङको ओलाङचुङ गोलामा व्यापार पूर्वाधारको सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । चोभारको सुख्खा बन्दरगाह दुई वर्ष र रसुवाको टिम्मुरेमा निमार्णाधीन बन्दरगाह एक वर्षभित्रै सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको छ ।

दैलेखको पेट्रोलियम अन्वेषण आगामी वर्ष पूरा हुने

सरकारले दैलेखको पेट्रोलियम अन्वेषण कार्य आगामी वर्षमा सक्ने पनि बताएको छ । देशका विभिन्न १० स्थानमा पेट्रोलियम अन्वेषणको कार्य जारी रहेको शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन् ।

सरकारले बझाङ वैतडीमा रहेको फस्फोरसाइटको अन्वेषण पनि यसै वर्ष सक्ने जनाएको छ । साथै बहुमूल्य पत्थरहरुको उत्खनन, प्रशोधन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment