Comments Add Comment

भोका कुकुर र बाँदरको भोक मार्दै फुटबलर श्रेष्ठ

५ जेठ, काठमाडौं । ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दीका कप्तान कमल श्रेष्ठले बेवारिसे पशु चौपायालाई खानेकुरा खुवाएका छन् ।

फुटबलर श्रेष्ठले थापाथली क्षेत्रका कुकुर र बाँदरलाई खानेकुरा उपलब्ध गराएका हुन् ।

लकडाउनका कारण बाँदर, कुकुरलगायत जनावर भोकै पर्न थालेपछि आफूले खानेकुरा खुवाएको श्रेष्ठले बताए ।

सडकका पशुचौपाया लकडाउनपछि समस्यामा परेकाले खानेकुरा उपलब्ध गराएर मानवीय धर्म देखाउन उनले सबैमा आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment