Comments Add Comment

एकै दिन थपिए ६३ कोरोना संक्रमित, बाँकेमा मात्र ४७

५ जेठ, काठमाडौं । नेपालमा सोमबार मात्र ६३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ । उनीहरु मध्ये एकको अवस्था गम्भीर छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विहान ९ जनामा संक्रमण पुष्टि भएको बताएको थियो । उनीहरु मध्ये ८ जना रौतहटका थिए र उनीहरु भारतबाट आएका थिए । मन्त्रालयकाअनुसार अर्का संक्रमित बाराको करैयामाई ५ का ३८ वर्षीय पुरुष हुन् ।

बाँकेमा मात्र थपिए ४७ संक्रमित

यस्तै दिउँसो थप ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । थपिएका संक्रमित मध्ये ४७ जना बाँकेका छन्

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४६ जना पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको हो ।

यस्तै भैरहवा प्रयोगशालामा गरिएको परीणमा गुल्मीका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत उनको अवस्था गम्भीर रहेको छ ।

यस्तै धुलिखेलमा गरिएको परीक्षणमा धनुषा, रौतहट, दाङ र दाङका एकएक पुरुषमा संक्रमण देखिएको हो र, उनीहरु १८ देखि ४६ वर्ष उमेर समूहका छन् ।

यसैगरी झापा र मोरङमा एकएक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट लुकिछिपी शनिबार नेपाल छिरेका झापाका एक मजदुरमा कोभिड-१९ को संक्रमण देखिएको हो । उनलाई बिराटनगरस्थित कोभिड अस्पतालमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चम्लागाईंले बताए ।

यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ । उनीहरु मध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

तथ्यांकमा काेराेना - नेपाल

संक्रमित ३५८
निको भएको३७
मृत्यु
अपडेटः २०७७ जेठ ५ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment