Comments Add Comment

विश्वभरका ४८ लाख बढी मानिस कोरोना संक्रमित

६ जेठ, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४८ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार, विश्वभर अहिलेसम्म ४८ लाख १ हजार ९ सय ४३ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा १५ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् । रुसमा दुई लाख ९० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ५५ हजार नाघेको छ ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन लाख १८ हजार चार सय ८१ पुगेको छ । अमेरिकामा ९० हजार तीन सय ४७ जनाको मृत्यु भएको छ ।
बेलायतमा ३४ हजारभन्दा बढीको मृत्यु हुँदा इटालीमा मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । फ्रान्समा पनि २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर १७ लाख ८६ हजार आठ सय ७५ जना मानिसहरु कोरोना भाइरसबाट निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment