Comments Add Comment

राष्ट्रसंघका महासचिव भन्छन् : विकसित देशले अफ्रिकी मुलुकबाट सिक्न सक्छन्

७ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विकसित मुलुकले कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको लागि अफ्रिकी मुलुकहरुबाट शिक्षा लिन सक्ने बताएका छन् ।

बुधबार फ्रान्सको एक सञ्चारमाध्यमसँगको कुराकानीमा उनले अफ्रिकी मुलुकले महामारी नियनन्त्रणका लागि पाएको सफलताको प्रशंसा गरेका हुन् । उनले महामारी सुरु हुँदा अफ्रिकी मुलुकको विषयको विषयमा चिन्ता गरिएअनुसारको महामारी यो क्षेत्रमा नफैलिएको बताए ।

गुटेरेसले अफ्रिकामा महामारीको धेरै नफैलिनुमा अधिकांश अफ्रिकी सरकार र संस्थाहरुले यो महामारीलाई ध्यानमा राख्दै सही समयमा सही कदम चालेको बताए । उनले विकसित मुलुकहरुले अफ्रिकी मुलुकले जस्तो सावधानी नअपनाएको कारण उक्त मुलुकमा कोरोना भाइरसको प्रकोप फैलिएको बताए ।

अफ्रिका महादेशमा अहिलेसम्म कोरोना भाइरसको कारण तीन हजारभन्दा कम मानिसको मृत्यु भएको छ । संक्रमितको संख्या पनि ८८ हजार पुगेको छ । जबकि विश्वभर अहिलेसम्म तीन लाख २० हजारभन्दा धेरै मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

यसअघि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अधिकारीले अफ्रिकामा कोरोना भाइरसको कारण एक लाख ९० हजार मानिसको मृत्यु हुन सक्ने अनुमान गरेका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment