Comments Add Comment

सिरी ए २० अगष्टमा सक्ने इटालियन फुटबल संघको तयारी

८ जेठ काठमाडौं । इटालियन फुटबल फेडेरेसन एफआईजीसीले २० अगष्टसम्म यस सिजन सकाउने समयसिमा राखेको छ । साथै १ सेप्टेम्बरदेखि नयाँ सिजन सुरु गर्ने तयारी गरेको छ ।

फेडेरेसनले बुधवार विज्ञप्ती जारी गर्दै जारी सिजन कसरी अन्त्य गर्ने र नयाँ सिजन सुरु गर्ने वारे धारणा सार्वजनिक गरेको हो ।

कोभिड-१९ का कारण जारी सिजन मार्चको दोस्रो सातादेखि स्थगित छ । तर फेडेरेसनले इटलीको शीर्ष तीन लिग सकाउने तयारी गरिरहेको छ ।

शीर्ष डिभिजन सिरी ए मा अझै १२ चरणका खेलहरु बाँकी छन् । साथै अन्य ४ खेल पनि खेलाउन बाँकी छ ।

युभेन्ट्स लगातार नवौं पटक लिग उपाधि जित्ने योजनामा छ । युभेन्ट्सले दोस्रो स्थानको लाजियोमाथि १ अंकको अग्रता कायम राखेको छ ।

फेडेरेसनले शीर्ष ३ डिभिजनका लिग मध्ये कुनै लिग सुरु भएर फेरि रोकिए अर्को विक्लपका रुपमा प्ले अफ खेलाएर चाँडै सकाउने योजना समेत सार्वजनिक गरेको छ ।
यद्यपि प्लेअफबाट पनि सिजन पूरा हुन नसके अंक प्रणाली लागु गर्ने उल्लेख छ ।

सीरी सी मा ६० क्लब रहेकोले यसको लागि ठूलो चुनौती हुने बीबीसीले जनाएको छ । सिरी सी लाई तीन रिजनल ग्रुपमा विभाजन गरिएको छ । जसमा केही क्लब आर्थिक समस्यासमेत रहेका छन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment