Comments Add Comment

स्वास्थ्य मन्त्रालयमा अब आधामात्रै कर्मचारी

८ जेठ, काठमाडौं । कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब आधा कर्मचारीबाटै नियमित काम गर्ने भएको छ । गत सोमबार इपिमिडियोलोजी तथा रोग नियण्त्रण महाशाखाको एक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले सतर्क भएको हो ।

स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख रघुराम विष्टका अनुसार मन्त्रालयले उपसचिव तहभन्दा मुनिका कर्मचारीलाई एक दिन बिराएर ड्युटीमा आउने व्यवस्था मिलाएको हो ।

धेरै कर्मचारी आउँदा भिडभाड हुने र जोखिम थप बढ्ने भएकोले आधा कर्मचारीलाई मात्रै मन्त्रालय आउने व्यवस्था मिलाएको विष्टले  बताए । ‘अघिल्लो दिन एउटा टोलीले ड्युटी गर्छ । अर्को दिन त्यो टोली विदामा बस्छ र अर्को टोली काममा आउँछ । यसरी मिलाएका छौँ,’  उनले भने।

मन्त्रालयले यो महिनाभरिका लागि यस्तो आलोपालो प्रणाली सुरु गरेको हो ।

यता स्वास्थ्य सेवा विभागले पहिले पालो प्रणाली नलगाए पनि पहिलेदेखि नै थोरै कर्मचारीबाट काम चलाएको बताएको छ । विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ भन्छन् , ‘कुनै महाशाखामा ६० प्रतिशत विदामा छन् । कुनैमा ७० प्रतिशत छन् । कतै अलि धेरै नै आएर काम पनि गरिरहेका छन् । आवश्यकता हेरी हेरी विदामा बस्ने र काम गर्ने भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment