Comments Add Comment

अविलम्ब सीमा समस्या सुल्झाउन भारतलाई आग्रह

७ जेठ, काठमाडौँ । सुगौली सन्धिको स्मरण गराउँदै विश्व प्रजातान्त्रिक युवा संघले नेपाली भूमि फिर्ता गर्न भारतलाई आग्रह गरेको छ । अन्यथा, राष्ट्र संघसम्म यो मुद्दा लैजाने संघले चेतावनी दिएको छ ।

दार्चुलाको कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि मिचेर भारतले मानसरोबरसम्म पुग्ने बाटो बनाएपछि अहिले नेपालमा आक्रोश छ । यही सन्दर्भमा उपाध्यक्ष सुन्दर भुसालको पहलमा अन्तर्राष्ट्रिय समितिमा छलफलपछि भारतलाई अविलम्ब समस्या सुल्झाउन चेतनावनी दिने निर्णय भएको हो ।

संघले वक्तव्य जारी गर्दै भारतीय पक्षबाट सीमा विवाद समाधानमा ढिलाइ भए आफ्नै पहलमा मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने बताएको छ । भारतका पनि कतिपय संगठनहरू सदस्य रहेको विश्व युवा संघले नेपालको पक्षमा बोल्नुले विश्व जनमत नेपालको पक्षमा रहेको अनुभूति गराएको उपाध्यक्ष भुसालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment