Comments Add Comment

गुल्मीका कोरोना संक्रमितको उपचारमा संलग्न दश जनाको रिपोर्ट नेगेटिभ

८ जेठ, बुटवल । उपचारको क्रममा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित पुरुषको उपचारमा संलग्न १० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण नभएको पाइएको छ ।

अर्घाखाँंची सन्धिखर्कको छाया पोलिक्लिनिकका डाक्टरसहित १० जना स्वास्थ्यकर्मीको आरटी पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

गुल्मी मदाने गाउँपालिका–६ का ४१ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उनले जेठ १ गते दुई घण्टा रहेर चेकजांच गराएको उक्त पोलिक्लिनिकका दशजना स्वास्थ्यकर्मीमा कोरोना परीक्षण गरिएको थियो ।

जेठ २ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको स्वाबको परीक्षणको रिपोर्ट बिहीबार नेगेटिभ आएको प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए ।

छाया पोलिक्लिनिकबाट रुपन्देहीको क्रिमसन अस्पतालमा ल्याएर भर्ना गरिएका उनको उपचारमा संलग्न डाक्टर, नर्स र तीनजना आफन्तसहित २९ जनामध्ये रिपोर्ट आएका जति सबैको नेगेटिभ रिपोर्ट आएको छ । केही स्वाबको रिपोर्ट आउन बाँकी रहेको निमित्त प्रमुख गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment