Comments Add Comment

मारवाडी सेवा समितिद्वारा पत्रकारहरूलाई होमियाप्याथिक औषधि सहयोग

८ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेका बेला मारवाडी सेवा समितिले नेपाल पत्रकार मञ्चलाई कोभिड–१९ को होमियोप्याथिक रोकथाम र उपचारका निम्ति ५ सय थान औषधि हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार मञ्चसँग आबद्ध पत्रकारहरुका लागि निःशुल्क वितरण गरिने उक्त होमियोप्याथिक औषधि मारवाडी सेवा समितिका कार्यवाहक अध्यक्ष श्रवणकुमार अग्रवालले नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई हस्तान्तरण गरे ।

कोभिड–१९ का विरुद्धमा सचेतना अभिबृद्धि गर्ने कार्यमा अग्रभागमा क्रियाशील रहने पत्रकारलाई सुरक्षित राख्नु आफ्नो दायित्व भएको महसुस गरी उक्त औषधि निःशुल्क हस्तान्तरण गरिएको राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले बताए ।

कोभिड–१९ विरुद्ध लड्नको निम्ति आन्तरिक रोग प्रतिरोधात्मक क्षमतालाई सक्रिय गराउन उक्त औषधि उपयोगी हुने प्राकृतिक होमियोप्याथिक चिकित्सक डा.बलराम केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment