Comments Add Comment

चिनीमा लुकाएको ९ लाख रुपैयाँसहित भारतीय युवक पक्राउ

१० जेठ, सप्तरी । चिनीमा लुकाएर भारतबाट नेपालतर्फ आउन लागेका एकजना भारतीयको साथबाट ९ लाख नेपाली रुपैयाँ बरामद भएको छ ।

भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको बथनाहा निवासी २८ वर्षीय फूलकुमार मेहताको साथबाट ९ लाख रुपैयाँ सप्तरीबाट बरामद गरिएको हो ।

लकडाउनको समयमा मेहता कोसी पलार हुँदै आइरहेको अवस्थामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडानम्बर १४ बाट उनलाई रुपैयाँसहित नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ ।

भारतबाट नेपाल तर्फ लुकीछिपी आउँदै गर्दा २८ वर्षीय मेहताले हातमा झुन्ड्याउने नाइलनको झोलामा २ किलो चिनीले छोपेर रुपैयाँ ल्याउँदै गर्दा फेला पारिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय राजविराजको नियन्त्रणमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment