Comments Add Comment

प्रस्तावित सुरक्षा नियमको विषयमा हङकङमा प्रदर्शन

११ जेठ, काठमाडौं । हङकङमा प्रस्तावित सुरक्षाा नियमको विषयलाई लिएर प्रदर्शन शुरु भएको छ । चीनले हङकङमा प्रत्यक्ष रुपमा राष्ट्रिय सुरक्षा नियम लगाउने विवादित प्रस्ताव गरेसँगै हङकङमा आन्दोलन भड्किएको हो ।

यसले हङकङमा चीनको नियन्त्रण बढ्ने भन्दै आन्दोलनकारीले प्रदर्शन शुरु गरेका हुन् ।

कोरोना भाइरसको महामारी चलिरहेको समयमा उक्त नियम प्रस्ताव गरिएसँगै केही समयदेखि साम्य भएको हङकङको आन्दोलन पुनः शुरु भएको हो । आइतबार प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा प्रदर्शनकारीहरुले आफूहरुले राखेको सबै माग पूरा गरिनुपर्ने माग गरेका छन् । जसमा आन्दोलनकारीमाथि बल प्रयोग गर्ने प्रहरीमाथि अनुसन्धानसम्मको माग गरिएको छ ।

गत बिहीबार चीनले हङकङका लागि कडा सुरक्षा नियम संसदमा पेश गरेको थियो । यसैलाई लिएर हङकङमा प्रदर्शन शुरु भएको हो । यसअघि प्रत्यर्पण कानुनको विधेयकको विषयलाई लिएर पनि हङकङमा लामो समयसम्म प्रदर्शन भएको थियो ।

स्रोत : अलजजीरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment