Comments Add Comment

अस्ट्रेलियाबाट चैत ३ गते आएका थिए सोह्रखुट्टेका संक्रमित

१० जेठ, काठमाडौं । काठमाडौंको सोह्रखुट्टेका ६९ वर्षीय कोरोना संक्रमित पुरुष अस्ट्रेलियाबाट आएको खुलेको छ । उनी ३ चैतमा अस्ट्रेलियाबाट युएई हुँदै काठमाडौं आएका थिए ।

काठमाडौं महानगरपालिका-१६ का वडा सदस्य पुष्प महर्जनले अनलाइनखबरलाई बताएअनुसार नेपाल आएर उनी घरमै बसेका थिए । विदेशबाट आएका व्यक्तिको विवरण संकलन गरिएका बेला उनी छुटेका थिए ।

पछिल्लो समय वडा कार्यालयले पुनः विवरण संकलन गरेपछि पत्नीसहित उनले कोरोना भाइरसको परीक्षण गराएका थिए ।आइतबार आएको रिपोर्ट अनुसार उनको नतिजा पोजेटिभ आएको छ भने श्रीमतीको नेगेटिभ आएको छ ।

काठमाडौं आएको दुई महिना भइसकेकाले उनी विदेशबाट आउँदै संक्रमित थिएनन् कि भन्ने आशंका उब्जिएको एक अधिकारीले बताए । अहिले उनको नेपालको यात्रा विवरण संकलन गर्ने कार्य भइरहेको छ ।

वडा नं. १६ का स्वास्थ्य संयोजक रामचन्द्र पोखरेल भन्छन्, ‘उहाँले यहीँ तरकारी बजार र डेरीबाहेक अन्त नगएको भन्नुभएको छ । हामीले उहाँको सम्पर्कमा आएका व्यक्तिको विवरण संकलन गरेर पठाइसकेका छौं ।’

हाल उनलाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिसकिएको पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment