Comments Add Comment

किसानको राष्ट्रिय बजार सञ्जाल निर्माण हुने

११ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले आज भर्चुअल संवाद गरी आगामी आर्थिक वर्षबाटै किसानको राष्ट्रिय बजार सञ्जाल निर्माणको काम शुरु प्रतिबद्धता व्यक्त गरेका छन् ।

छलफलमा संघीय, प्रदेश र स्थानीय सरकारको बजेट किसानको राष्ट्रिय बजार निर्माणमा केन्द्रित गर्ने सहमति भएको छ ।‘सुरक्षित कृषि, सुनिश्चित बचत’ कार्यक्रमको एक महत्त्वपूर्ण काम किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गरिने भएको हो ।

यसका लागि काठमाडौं उपत्यकाका नगर प्रमुखसँग छलफल भइसकेको छ ।

मन्त्री भुसालले सङ्घीय सरकारले किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गर्नेगरी बजेट ल्याउने जानकारी दिँदै प्रदेश सरकारलाई पनि त्यहीअनुसार बजेट ल्याउन आग्रह गरे । त्यसका लागि ७ सय ५३ वटै स्थानीय तहमा कृषि सेल निर्माण सुरु गरिने छ । मन्त्री भुसालले रेक स्थानीय सरकारसँग आफ्नो छुट्टै संकलन विधि, भण्डारण गृह र वितरण प्रणाली हुने व्यवस्था शुरु नगरे कृषि क्षेत्र बचाउन नसकिने भएकाले किसानको वैकल्पिक बजारको राष्ट्रिय नेटवर्क बनाइने जनाए ।

छलफलमा प्रदेशका मन्त्रीहरु पनि किसानले उत्पादन गरेको उपज बजारसम्म नपुग्ने तर, बजारमा भने अन्य मुलुकबाट उपभोग्य सामग्री आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न किसानको राष्ट्रिय बजार निर्माण गर्ने प्रस्तावमा सहमत भएका थिए ।

कोरानो महामारीबाट आहत बनेको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन तीनै तहका सरकारबीच समन्वय हुन लागेको हो । मन्त्री भुसालले आगामी बजेटबारे गत फागुन २५ र २६ गते सातै प्रदेशका मन्त्रीहरुसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment