Comments Add Comment

९ दिनमा वुहानका ६५ लाख मानिसको कोरोना परीक्षण

१३ जेठ, काठमाडौं । चीनले ९ दिनमा वुहानका ६५ लाख मानिसको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरेको छ ।

१० दिनमा वुहानका सबैको कोरोना परीक्षण गर्ने निर्णय गरेको चीनले ९ दिनमा ६५ लाख मानिसको कोरोना परीक्षण गरको हो ।

चिनियाँ टेलिभिजन सीसीटीभीका अनुसार, मे १५ देखि २३ सम्मको अवधिमा वुहानका ९० लाखभन्दा धेरै मानिसको स्वाब संकलन गरिएको छ । वुहानको जनसंख्या एक करोड १० लाख छ । स्थानीय निकायले १० दिनमा सबै मानिसको कोरोना भाइरसको परीक्षण सक्ने लक्ष्यका साथमा परीक्षण सुरु गरिएको थियो ।

चीनले पुल टेस्टिङबाट छोटो अवधिमा धेरै मानिसको परीक्षण गरेको हो ।

स्रोत– सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment