Comments Add Comment

एसियन जुनियर अनलाइन चेस च्याम्पियनसिपमा नेपालका ६ खेलाडी

१४ जेठ, काठमाडौं । एसियन चेस महासंघको आयोजनामा भएको एसियन जुनियर एण्ड गर्ल्स अनलाइन चेस च्याम्पियनसिप २०२० मा नेपालले सहभागिता जनाएको छ ।

कोभिड-१९ ले विश्वलाई अक्रान्त बनाइरहेको अवसरमा आफ्ना सदस्य राष्ट्रका खेलाडीहरुलाई क्रियाशील गर्दै मानसिक पीडाबाट मुक्त गराउँदै स्वस्थ बनाउने उद्धेश्यले बुधबार २७ मेदेखि ४ जुनसम्म संचालन हुने च्याम्पियनसिपमा नेपालबाट पुरुषतर्फ अबिश्रे श्रेष्ठ, विवेक श्रेष्ठ र निकेन कुसथा र गर्ल्सतर्फ खुस्बु थापा, अनिषा न्यौपाने र कृतिसरा अधिकारीले प्रतिस्पर्धा गर्ने नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी गराएकी छिन् ।

प्रतियोगिता स्वीस प्रणाली अन्तर्गत ९ चरणको हुने छ । ३.२ जोन अन्तर्गत हुने प्रतिस्पर्धामा नेपाललगायत बंगालादेश, पाकिस्तान, श्रीलङ्का र मालदिभ्स गरी ५ राष्ट्रले सहभागिता जनाउने छन् ।

च्याम्पियनसिपमा प्रत्येक राष्ट्रका तीन पुरुष र तीन महिला खेलाडीहरुले प्रतिस्पर्धा गर्न पाउने छन् । च्याम्पियनसिपमा फिडेका ३.१, ३.२, ३.३, ३.४, ३.६ र ३.७ गरी ६ जोनका छनोट चरणका खेल हुने छन् ।

प्रत्येक जोनमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरु फाइनल चरणका लागि छनोट हुने छन् । फाइनल चरण पनि स्वीस प्रणालीमा नै ९ चरणकै हुने आयोजकले जनाएको छ ।

छात्रातर्फ शीर्ष तीन फाइनल चरणका लागि छनोट हुने छन् । खुला जुनियर शीर्ष तीनभित्र पर्ने छात्रा खेलाडीले जुनियर अथवा छात्रा च्याम्पियनसिप फाइनल चरण दुईमध्ये एक छान्न पाउनेछन् र यदि छात्रा च्याम्पियनसिपलाई छनोट गरेमा चौथो स्थान प्राप्त गर्ने खेलाडी जुनियर फाइनल चरणका लागि छनोट हुने छन् । फाइनल चरण पनि स्वीस प्रणाली अन्तर्गत ९ चरणकै हुने आयोजकले जनाएका छन् ।

नेपाल रहेको जोनको प्रतियोगिता बंगालादेश समयअनुसार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुने छ । प्रत्येक खेलाडीहरुले प्रतियोगिता सुरु हुनु अगावै अनलाइनमा दर्ता हुनु पर्ने छ । प्रतियोगिता सुरु भए पश्चात कुनै पनि खेलाडीलाई प्रतिस्पर्धामा सामेल गराइने छैन ।

खेलाडीहरुले प्रतिस्पर्धा समयसम्म अनलाइनमा नै रहनु पर्ने छ । कुनै पनि खेलाडीहरुले आर्बिटरको अनुमति बेगर आफ्नो कुर्सी छोड्न पाउने छैनन् ।

बिजेतालाई एसियन जुनियर (छात्रा) अनलाइन चेस च्याम्पियनसिप २०२० घोषित गरिनुका साथै शीर्ष तीन स्थान प्राप्त गर्नेलाई नगद एक हजार पाँच सय, एक हजार र पाँच सय डलर, स्वर्ण, रजत र कास्य, तथा प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै महिलातर्फ शीर्ष तीनले ७ सय ५०, ५ सय र २ सय ५० डलर नगद पुरस्कारका सहित स्वर्ण, रजत र कास्यका साथै प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यस्तै नेपाल चेस संघले वैकल्पिक खेलाडीहरुलाई अनलाइनलमार्फत हुने च्याम्पियनसिपलाई अध्यन गर्न र अनलाइनमार्फत नै जुनियर खेलाडीहरुलाई विभिन्न प्रशिक्षण कार्यक्रमका साथै युथ इम्पावरमेन्ट सेमिनार पनि संचालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment