Comments Add Comment

कोइली चरीको कीर्तिमानी यात्रा, अफ्रिकाबाट उडेर मंगोलिया पुग्यो

संसारमा कुनै पनि पंक्षीले गरेको सबैभन्दा लामो यात्रा वैज्ञानिकहरूले रेकर्ड गर्न सफल भएका छन् ।

एउटा कोइली चरा अफ्रिकी मुलुक जाम्बियाबाट उडेर आफ्नो प्रजननस्थल मंगोलिया पुगेको छ । अफ्रिकाबाट मंगोलिया आइपुग्नका लागि उक्त कोइलीले आकाशमा १२ हजार किलोमिटर यात्रा गरेको छ ।

वैज्ञानिकहरूले स्याटेलाइट ट्यागिङ गरेको उक्त कोइलीले यस क्रममा १६ वटा देश तथा समुद्रमाथिको उच्च वेगयुक्त हावा बहने आकाशको कठिन तथा जोखिमपूर्ण यात्रा पार गरेको पाइएको छ ।

वैज्ञानिकहरूले यो कोइलीको नाम ओनोन राखेका छन्, जुन मंगोलियाको एउटा नदीको नाम हो ।

यो कोइलीले गत मार्च २० मा जाम्बियाबाट आफ्नो महाहवाई म्याराथन सुरु गरेको थियो ।

लामो दूरीको बसाइँ सर्ने चराहरूको अध्ययनका लागि गत वर्ष मंगोलियन तथा बेलायती चराविदहरूले मंगोलियाको उक्त कोइलीसहित विभिन्न पाँचवटा चरामा स्याटेलाइट ट्याग भिराइदिएका थिए ।

यो चराले अफ्रिकाबाट मंगोलिया आउने क्रममा हिन्द महासागरमाथिको हजारौं किलोमिटर दूरी कुनै पनि ठाउँमा नरोकिइकन पार ग¥यो । उसको उडानको गति प्रतिघण्टा औषतमा ६० किलोमिटर रहेको छ ।

मंगोलियामा ट्याग हालिएका पाँचवटा चरामध्ये जाडोयाममा अफ्रिका पुगेर अहिले मंगोलिया फर्किन सफल हुनेमा उक्त कोइली मात्र रहेको छ । बायान नामक अर्को कोइलीले पूर्वी अफ्रिकाको किलिमन्जरो पहाड क्षेत्रमा जाडोयाम बिताएको र प्रजननका लागि फर्किने क्रममा चीनको युनान प्रान्तबाट हराएको थियो । उक्त कोइली यात्राका क्रममा थाकेर÷भोकाएर आफैं मरेको वा मारिएको हुनसक्ने अनुमान गरिएको छ । सो चराले केवल दुई हप्तामै १० हजार किलोमिटरको दूरी पार गरेको समेत पाइएको छ ।
बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment