Comments Add Comment

सुनसान छ रत्नपार्क (फोटो फिचर)

१९ जेठ, काठमाडौं । अवस्था सामान्य हुँदो हो त हिजोआज काठमाडौंको रत्नपार्क वरपर भिड छिचोल्न गाह्रो पर्ने हुन्थ्यो ।

काठमाडौं उपत्यकाको धेरै क्षेत्र जान यहीँबाट गाडी पाइने हुनाले विहानदेखि रातिसम्म मानिसको उत्तिकै ओहोरदोहोर हुन्थ्यो ।मानिस धेरै ओहोर दोहोर गर्ने भएपछि फुटपाथमा कपडा, पत्रपत्रिका, नाङ्लो पसलदेखि सडकमै खानेकुरा बेच्नेहरु पनि हुन्थे ।

काठमाडौंको बीच भागमा राम्रो पार्क भएकाले टिकट काटेर रत्नपार्कभित्र प्रवेश गर्नेहरु पनि उत्तिकै हुन्थे । तर हिजोआज यो ठाउँमा दिउँसोमा पनि एकाध मान्छेबाहेक भेट हुँदैन । रत्नपार्क बन्द गरिएको छ । यहाँ १/२ जना कर्मचारीबाहेक अरु आउँदैनन् ।

हेर्नुहोस् सुनसान अवस्थाको रत्नपार्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment