Comments Add Comment

गुल्मीबाट एक जना काेराेना संक्रमित डिस्चार्ज

१९ जेठ, गुल्मी । गुल्मीबाट एक जना काेराेना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् ।

दाङकाे तुल्सीपुर नगरपालिका घर भई गुल्मीको मदाने गाउँपालिकास्थित बैंकमा कार्यरत ३१ वर्षीय एक पुरुष काेराेना निकाे भएर सोमबार डिस्चार्ज भएका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी शर्माकाअनुसार उनको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपाेर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

कोरोना संक्रमणबाट मृत्यु भएका मदाने गाउँपालिका-६ का ४१ वर्षीय शिक्षकको कन्ट्याक ट्रेसिङका आधारमा उनको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी एक सातादेखि तम्घासमा बनाइएको आइसोलेसन वार्डमा भर्ना भएका थिए ।

गुल्मीमा अझै २ जना कोरोना संक्रमित उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment