Comments Add Comment

भारतमा कोरोना संक्रमित दुई लाख नजिक

२० जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दुई लाख नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ९८ हजार ७०६ पुगेको हो ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा आठ हजार १७१ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा पछिल्लो केही दिनयता निरन्तर आठ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि पाँच हजार ५९८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण २०४ जनाको मृत्यु भएको छ ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ७० हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा दुई हजार ३६२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा २३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने १८४ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा पनि २० हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिँदा ५२३ जनाको मृत्यु भएको छ । गुजरातमा १७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा एक हजार ६३ जनाको मृत्यु भएको छ ।

पश्चिम बंगालमा पाँच हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा ३२५ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा आठ हजारभन्दा बढीमा संक्रमण देखिँदा २१७ जनाको मृत्यु भएको छ । बिहारमा तीन हजार नौ सयभन्दा संक्रमित छन् भने २४ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका ९५ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment