Comments Add Comment

पाकिस्तानले कोरोनासँग बाँच्न सिक्नुपर्छ : इमरान खान

२० जेठ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानका नागरिकहरुले कोरोना भाइरस (कोभिड-१९) सँग बाँच्न सिक्नुपर्ने बताएका छन् । सोमबार स्थानीय एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा उनले लकडाउनले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न नसकिने जिकिर गरेका छन् ।

उनले निरन्तर कोरोना भाइरसको संक्रमण बढिरहेको भए पनि गरीब मानिसहरु लकडाउनको समयमा काममा जान नपाउने र यसले उनीहरुको दैनिक जीवनमा नकारात्मक असर पार्ने प्रधानमन्त्री खानको भनाइ छ ।

अहिलेसम्म पाकिस्तानमा ७५ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने एक हजार पाँचसयभन्दा धेरै मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

कोरोना भाइरसको महामारी शुरु भएयता नै पाकिस्तानका प्रधानमन्त्रीले लकडाउनको विरोध गर्दै आएका छन् । अहिले पाकिस्तानमा स्थानीय सरकारले लगाएको प्रतिबन्धहरु पनि हटाइएको छ । जसको कारण पाकिस्तानको सडक र बजारहरुमा भिडभाड बढेको छ । यद्यपि डाक्टरहरुले भने यसले आगामी दिनमा पाकिस्तानको स्वास्थ्य व्यवस्था नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री खानले सबैलाई भौतिक दुरी कायम राख्ने नियम पालना गर्न आग्रह गरिरहेका छन् । उनले थप व्यवसायहरुलाई पनि खुल्न दिइने बताएका छन् । पाकिस्तानको लाहोर सहरमा पाँच लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण रहेको हुन सक्ने अनुमान सार्वजनिक भएसँगै पाकिस्तानी प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment