Comments Add Comment

ट्रम्पलाई प्रहरी प्रमुखको जवाफ : तिम्रो मुख बन्द गर !

२० जेठ, काठमाडौं । अमेरिकामा अश्वेत आन्दोलनले उग्र रुप लिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न राज्यका गर्भनरलाई आन्दोलनकारीमाथि हावी हुन कडा निर्देशन दिएका छन् ।

सोमबार गर्भनरसँगको भिडियो कम्फ्रेन्समा उनले आन्दोलनकारीका सामु प्रहरी ‘पंगुहरुको बथान’ बनेको टिप्पणीसमेत गरेका थिए ।

‘यदि तिमीहरुले शहर र राज्यमा आफ्नो प्रभूत्व जमाउन सकेनौ भने उनीहरु तिमीहरुमाथि हावी हुनेछन्,’ ट्रम्पले भने, ‘अहिले तिमीहरु निकै कमजोर देखिएका छौं ।’

आन्दोलन नियन्त्रण गर्न प्रहरीले आवश्यक बल प्रयोग गर्नुपर्ने ट्रम्पको आशय थियो । उनले पटक–पटक एउटै कुरा दोहोर्‍याए ‘तिमीहरुमाथि उनीहरु हावी भइरहेका छन्, तिमीहरु पंगु देखिएका छौ ।’

ट्रम्प विशेष गरी, न्यूयोर्क, फिलाडेल्फिया र लस एंगेलसका गभर्नरहरुलाई निशाना बनाएका थिए, जो डेमोक्रेटिक पार्टीबाट निर्वाचित हुन् ।

‘न्यूयोर्कमा अब कडाई गरिन्छ,’ ट्रम्पले भने, ‘यदि तिमीहरु चाहन्छौ भने हामी नेसनल गार्ड (अमेरिकी सेनाको एक अंग) पठाउनेछौं । न्यूयोर्कमा जे भइरहेको छ, त्यो एकदमै भयानक छ ।’

यसैगरी, उनले फिलाडेल्फियाका गर्भनरलाई पनि कडाई रणनीति अख्तियार गर्न आदेश दिए ।

ट्रम्पले भने, ‘हामीसँग यति ठूलो संख्यामा नेसनल गार्ड छन् र उनीहरु नर्कमा पुगेर पनि लड्न तयार छन् ।’ ट्रम्पले मिनिसोटाका गर्भनर टिम वाल्जको चाहिँ प्रशंसा गरे । उनी पनि डेमोक्रेट नै हुन् ।

ट्रम्पले भने, ‘तिमीले आन्दोलनकारीलाई चुट्कीको भरमा परास्त गर्यौ । सबैले आन्दोलनलाई कसरी नियन्त्रणमा लिने भनेर त्यहाँको प्रयोग पछ्याउनुपर्छ ।’

ट्रम्पले प्रदर्शनकारीहरुलाई ‘उग्र वामपन्थी’ संज्ञा दिए । उनले सन् २०११ मा भएको अकुपाई वाल स्ट्रिट आन्दोलनलाई बलपूर्वक दबाइएको स्मरण गरे ।

ट्रम्पको भनाइमाथि गभर्नरहरुको प्रतिक्रिया मिश्रित थियो । इलिनोइसकी गभर्नर जेबी प्रिट्जकरले राष्ट्रपतिको अभिव्यक्तिले वातावरण झन् बिगार्ने बताए । मेरिल्यान्डका गभर्नर लेरी होगानले ट्रम्पप्रति समर्थन जनाए । उनले भने, ‘शक्तिमार्फत शान्ति आउँछ भन्नेमा म सहमत छु ।’

प्रहरी प्रमुखको जवाफ : मुख बन्द गर

ट्रम्पले दिएको अभिव्यक्तिलाई लिएर अमेरिकाभित्र आलोचना सुरु भएको छ । एउटा शहरका प्रहरी प्रमुखले ट्रम्पलाई आफ्नो मुख बन्द राख्न खुल्ला चेतावनी दिएका छन् ।

सीएनएनसँगको अन्तर्वार्तामा टेक्सास राज्यस्थित होस्टन शहरका प्रहरी प्रमुख आर्ट एसभेडोले भने, ‘राष्ट्रपतिले कुनै रचनात्मक कुरा बोल्न सक्नुहुन्न भने आफ्नो मुख बन्द राख्नुस् (सट अप योर माउथ) । किनकी तपाईंले अमेरिकी युवाहरुको जीवनलाई जोखिममा पार्दै हुनुुहुन्छ ।’

‘यो प्रभुत्व जमाउने कुरा होइन, मान्छेको मन र मस्तिष्क जित्ने सवाल हो । हामी हिंसामा होइन, प्रेममा विश्वास गर्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment