Comments Add Comment

प्रदेश ५ को रोल्पाबाहेक सबै जिल्लामा पुग्यो कोरोना भाइरस

१९ जेठ, बुटवल । प्रदेश ५ मा मंगलबार १११ जना थपिएसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ६१ पुगेको छ । मंगलबार प्युठानमा पनि पहिलोपटक एकजना संक्रमित भेटिएका छन् । अब रोल्पावाहेक ११ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।

मंगलबार कपिलवस्तुका ४९, रुपन्देहीका २३, बाँकेका १७, दाङका १७, बर्दियाका ३ जना र नवलपरासी पश्चिमका एकजनामा कोरोना पोजेटिभ पुष्टी भएको हो । संक्रमितमध्ये कपिलवस्तुका १० महिने बालक पनि रहेका छन् ।

मंगलबार थपिएकासंगै कपिलवस्तुमा ३ सय ६५, बाँकेमा २ सय १३, रुपन्देहीमा ८४, दाङमा ६२, बर्दियामा १३, नवलपरासीमा ७, गुल्मीमा ५, पाल्पामा ५, अर्घाखाँचीमा ३, रुकुम पूर्वमा ३ जना र प्युठानमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ का १२ वटै जिल्लाका क्वारेन्टाइनमा ४० हजार बढी बसेका छन् । प्रदेश ५ मा कोरोना संक्रमितमध्ये गुल्मी,अर्घाखांची र बांकेका एक–एक जना गरी तीनजनाको मृत्यु भएको छ भने ७६ जना निको भएर घर फर्केका छन् ।

तीन हजार ६ सय बढीको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment