Comments Add Comment

पत्रकार बमलाई वातावरण पत्रकारिता पुरस्कार

२३ जेठ, काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जुन ५’ को अवसरमा प्रदान गर्ने वातावरण पत्रकारिता पुरस्कार पत्रकार यम बमलाई दिने घोषणा गरेको छ  ।

झण्डै तीन दशकदेखि वातावरण क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याउने एक जनालाई दिइँदै आएको सो पुरस्कार यस पटक नेपाल साप्ताहिकका बमलाई दिने भएको हो ।

पुरस्कारमा २५ हजार नगद सहित प्रमाणपत्र दिइने छ । समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिखका दिन विश्व वातावरण दिवसको उपलक्ष्यमा पुरस्कार राशिको घोषणा गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment