Comments Add Comment

सेयर बजार खुलाउने पक्षमा अर्थमन्त्री

२६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार अब खुलाउनु पर्ने धारणा राखेका छन् । नेपाल धितोपत्र बोर्डको वार्षिकोत्स कार्यक्रमलाई सम्वोधन गर्दै अर्थमन्त्री खतिवडाले सेयर बजारलाई लामो समय बन्धक बनाउन नहुने बताएका हुन् ।

उनले उच्च सुरक्षा सतर्कता अपनाएर बजार खुलाउनु पर्ने बताए । लकडाउन हुनु अगावै बन्द भएको सेयर बजार लकडाउनकै बिचमा केहि दिन खुले पनि लगानीकर्ताहरुको तीव्र विरोध पछि बन्द भएको थियो ।

अहिले पुनः लगानीकर्ताहरुले लामो समय पुँजी होल्ड भएको भन्दै बजार खुलाउनु पर्ने बताउदै आएका छन् । आइतबार अर्थमन्त्री खतिवडाले पनि बजार खुलाउनु पर्ने आफ्नो धारणा राखेका हुन् ।

‘सधै बजार बन्द गर्नुपर्छ भन्ने पक्षमा म पनि छैन’ वार्षिकोत्सव समारोहलाई अनलाइनबाट सम्वोधन गरेका उनले भने, ‘अब सुरक्षा सतर्कता अपनाएर बजार खुलाउनु पर्छ, बोर्डले यसको तयारी गर्नु पर्छ ।’

सेयर बजारमा लगानी कर्ता जोखिबारे अध्ययन गरेर लगानी गर्नु पर्ने बताए । अर्थमन्त्री खतिवडाले बजारमा जोखिम नबुझेको तर लगानी गर्न चाहानेहरु पनि हुने भन्दै उनीहरुका लागि म्युचुअल फन्ड उत्तम हुने बताए ।

‘जोखिम नबुझी लगानी गर्न चाहनेहरु पनि धेरै हुन्छन्, यसका लागि नै म्युचुअल फन्डको अवधारणा बनेको हो’ अर्थमन्त्री खतिवडाले भने ।

उनले संस्थागत लगानीकर्ता बढाउनु पर्नेमा पनि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment