Comments Add Comment

पहिल्यै बिरामी थिए स्याङ्जाका कोरोना संक्रमित

२५ जेठ, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचाररत स्याङ्जाका ६० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए । नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको नगरपालिका प्रमुख दिलीपप्रताप खाँडले जानकारी दिए । ‘उद्धार गरेलगत्तै स्वास्थ्य जाँच गर्दा अवस्था क्रिटिकल देख्यौं । एक दिन यहाँ राखेर तुरुन्तै पोखरा आफन्तीहरुको सम्पर्कमा पठाइहाल्यौं,’ उनले भने ।

श्रीमतीसँग भारत स्वास्थ्यपोचार गर्न गएको तर, लकडाउनले गर्दा नाकामै अलपत्र परेको खुल्न आएको मेयर खाँडले जानकारी दिए । ‘श्रीमतीसँग भारत जानुभएको रहेछ । उपचारका लागि भन्ने कुरा आएको छ,’ उनले भने, ‘कति दिनदेखि नाकामा अलपत्र थिए भन्ने थाहै छैन ।’

स्वास्थ्य अवस्था एकदमै नाजुक र सँगै भएकी श्रीमतीले पनि कान नसुन्ने भएकाले कसरी नाकासम्म आइपुगे भन्ने आफूहरु नै अचम्ममा परेको मेयर खाँडले सुनाए । ‘उहाँकी श्रीमती कान सुन्नुहुन्न । राम्रोसँग हिँड्डुल र बोल्न सक्नुहुन्न,’ उनले भने, ‘नाकामै एकसुरे स्याङ्जा, स्याङ्जा भनेको सुनेपछि हामीलाई अरुले नै सम्पर्क गराइदिएका हुन् ।’

स्याङ्जाबाट पोखरा छोरीको सम्पर्कमा पोखरा पठाएको र पोखराबाट मात्रै अस्पताल भर्ना गरिएको थियो । ती संक्रमितसँग सम्पर्कमा आएका सबैको कन्ट्याक ट्रेसिङ सुरु भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आइतबार विहानमात्रै स्याङ्जामा १४ जना नयाँ संक्रमित भेटिएका छन् ।

यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको छ । जसमध्ये बागलुङका २ र लमजुङका एकजना गरी ३ जना निको भई घर फर्किसकेका छन् । गण्डकी प्रदेशको ९ जिल्लामा कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment